बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

झापा । झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका–८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी–१० निवासी ५८ वर्षीय  शुक्रबहादुर तामाङलाई कुनै चोट पटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुर जिल्ला अरुण गाउँपालिका– ५ निवासी ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);