गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु 

गोरखा। गोरखाको अजिरकोट गाउँपालिका–३ मा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी अजिरकोट गाउँपालिका–२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा०३प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग१ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाइते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ । बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);