मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार

death body

काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिडिरहेकी उनलाई ठक्कर दिएको थियो । एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);