एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

motercycle durghatana

सिरहा, ८ साउन । सिरहाको गोलबजार नगरपालिका–३ जमनटकीमा एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ।

धनगढीमाई नगरपालिका वडा नम्बर–७ चियाबारी बस्ने २४ वर्षीय मोटरसाइकल चालक उमेश महराको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका वडा नम्बर–१ ढोकनाका १९ वर्षीय भरत महराको भूमिजा अस्पताल गोल बजारमा उपचार भइरहेको छ ।

ठक्कर दिने स.१ च ८८५ नम्बरका एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);