सवारी दुर्घटनामा परी २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं, ३० साउन । महोत्तरी, शम्सि गाउँपालिका-६ गौशलास्थित सडकमा ग.२ च ८४२२ नम्बरको बलेरोले बी आर ०६ एएफ ४७२५ भारतीय नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय शेख सफवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय जनता मेडिकल हुँदै थप उपचारका लागि नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिरहा कर्जन्हा नगरपालिका-१० मनहर्वा चौकस्थित सडकमा प्रदेश नम्बर १-०२-००१ क ३८६५ नम्बरको ट्याङकरमा लु.५९ प २१०० नम्बरको मोटरसाइकल ठोकिएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-१ बन्दिपुर बस्ने ३६ वर्षीय तुनाधोज पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);