सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलमा

३६ जना बेपत्ता, ५ जना गम्भीर घाइते

सिन्धुपाल्चोक, ३० साउन । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुग्नुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएएपछि त्यहाँको अवस्था बुझ्न सभामुख सापकोटासहितको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेकाे हाे ।

ईमाउण्टेनटिभीसंग कुरा गर्दै सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका पुग्नु भएको जानकारी दिनुभयो । पहिरोमा पुरिएर ३६ जना बेपत्ता भएको न्यौपानेले जानकारी दिनुभएको छ । बेपत्ता मध्ये कसैको सब ननिकालिएको र ५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगिएको पनि उहाँले जनाउनुभएको छ ।

शुक्रबार बिहान आएको पहिरोले १३ वटा घर पुरिएको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन रहेको बताइएको छ । पहिरोमा पुरिएका १५ जना भने आफैं निस्किन सफल भएका छन् ।

गत साउन १९ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);