बाह्रबीसे बाढी प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको विशेष टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाह्रबीसे बाढी प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको विशेष टोली

uddar

सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको विशेष टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकुलताले काभ्रेको मंगलटारमा अवतरण भएको कैलाश एयरको हेलीकप्टर सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु पुगेको हो ।

हेलिकोप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेहरुको उद्धार थालिने स्थानीय प्रशासनले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य माधव सापकोटा सहितको हेलिकोप्टर बाह्रबिसे पुगेको हो । उक्त हेलिकोप्टरबाट २ गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको बताइएको छ ।

यस अघि सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकोप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो। बुधबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएका २ जनाको शव फेला परेको छ भने अन्य १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले २ जनाको शव फेला परेको र दर्जनभन्दा बढी घर बगाएको जानकारी दिनुभयो । शव फेला पर्नेहरुमा बाह्रबिसेको जम्बु बजार निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरी रहेका छन् ।

त्यसै गरि थाकसेल र सोतागंमा पनि बाढीले बस्ती बगाएको छ । बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ । पहिरोका कारण जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । बेपत्ताको खोजी र उद्धारको काम भैरहेको नगर प्रमुख शेर्पाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);