नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीद्वारा दर्ज्यानी चिन्ह ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीद्वारा दर्ज्यानी चिन्ह ग्रहण

igp sailesh

काठमाडौं, २५ असार । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउनु भएको छ । बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त हुनुभएको थियो । सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिनुहुन्छ ।

थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।

यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गर्नुभएको छ । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ । थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);