बाह्रबिसे पहिरो अपडेट : सात जनाको शव फेला,२४ जना अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाह्रबिसे पहिरो अपडेट : सात जनाको शव फेला,२४ जना अझै बेपत्ता

सभामुख सापकोटा बाह्रबिसे घुम्थाङको पहिरो स्थलमा

सिन्धुपाल्चोक,२८ भदाै । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का विभिन्न तीन स्थानमा पहिरो खस्दा सात जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् ।

पहिरो गएको स्थानमा खोजी गर्दा ७ जनाको शव फेला परेको छ । घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको टोली उद्धारमा जुटेका छन् ।

यसैबीच सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेको छ । ईमाउण्टेनटिभीसँग कुरा गर्दै सभामुख सापकोटाले पटक पटक गईरहेको पहिरो आफुलाई चिन्तित बनाएको बताउनुभयो ।

घटनास्थलको निरीक्षण गर्दै उहाँले आवश्यक परे बस्ति स्तान्तरण गर्न विशेष पहल गर्ने पनि बताउनुभयो । उहाँले विभिन्न तीन स्थानमा गएको पहिरोले भएको क्षतिप्रति दु:ख व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);