सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियाे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियाे

सिन्धुपाल्चोक, २९ भदाै । सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ । घुम्थाङ भीरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको हो । योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अन्य १८ जनाको खोजी भइरहेको छ ।

आइतबार बिहान गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई टेन्टमा राखिएको छ । वेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटेका छन् । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);