बाग्लुङ पहिरो अपडेट : बेपत्तामध्ये १ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाग्लुङ पहिरो अपडेट : बेपत्तामध्ये १ जनाको शव फेला

baglung pahiro

बाग्लुङ, ११ साउन । बाग्लुङमा शुक्खा पहिरोमा परी बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । बाग्लुङ नगरपालिका–१ निरहे स्थित रामरेखा सामुदायिक वन क्षेत्रमा गएराति शुक्खा पहिरो जाँदा स्काभेटर, ट्रिपर, ट्याक्टर सहित २ जना पुरिएका थिए । सडक ग्राभेल गर्ने रोडा निकाल्दै गरेको अवस्थामा पहिरो खसेको थियो ।

पहिरोले ध १ त ४०७ नम्बरको ट्याक्टर, ध १ख ४६३७ नम्बरको ट्रिपर र नम्बर नखुलेको एक स्काभेटर पुरिएको हो । पहिरोमा परेका ट्याक्टर चालक रोशन नेपालीको आइतबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परी टिपर चालक निर्मल पुन अझै वेपत्ता रहेका जनाईएको छ ।

स्काभेटर चालक पहिरो खसेपछी भाग्ने क्रममा घाइते अवस्थामा फेला परेका जनाइएको छ । बेपत्ता टिपर चालक पुनको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत बाग्लुङ नगरपालिका १ वाङगेचौरमा सडक स्तरवृद्धिको लागी ग्रावेल गर्ने सामाग्रि निकाल्ने क्रममा पहिरो गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);