बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरिंदा दुई जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरिंदा दुई जना बेपत्ता

baglung pahiro

बाग्लुङ, ११ साउन ।  बागलुङमा सुख्खा पहिरोमा परी स्काभेटर, ट्याक्टर र ट्रिपर पुरिदा २ जना वेपत्ता भएका छन् । बाग्लुङ नगरपालिका वडा नम्बर १ निरहे स्थित रामरेखा सामुदायीक वन क्षेत्रमा गएराती शुक्खा पहिरो जादा सडक ग्रभेल गर्ने रोडा निकाल्दै गरेको अवस्थामा पुरिएको हो ।

पहिरोले नम्बर नखुलेको एक स्काभेटर, ध १ त ४०७ नम्बरको एक ट्याक्टर र ध १ ख ४६३७ नम्बर एक ट्रिपर पुरिएको छ । स्काभेटर चालक पहिरो खसेपछी भाग्ने क्रममा घाइते अवस्थामा फेला परेको र अन्य दुई जना सम्पर्क विहिन भएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

पहिरोमा हराईरहेकाहरुको आज बिहानदेखि खोजीकार्य सुरु गरिएको छ । सुक्खा पहिरो खस्ने क्रम नरोकिदा राती नै उदार गर्न समस्या भएको सुरक्षाकर्मीको भनाई छ । सुख्खा पहिरोका कारण रातको समयमा नजिकमा जान सक्ने अवस्था नरहेकोले उद्धारमा कठिनाई भएको हो ।

पोखरा बागलुङ राजमार्ग अन्तर्गत बाग्लुङ नगरपालिका १ वाङगेचौरमा सडक स्तरवृद्धिको लागी ग्रवेल गर्ने सामाग्री निकाल्न रामरेखा सामुदायिक वन क्षेत्रमा रातको समयमा पहिरो गएको  हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);