आज राष्ट्रिय बाल दिवसः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज राष्ट्रिय बाल दिवसः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं, २९ भदौ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ ।

विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ आज बनल दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । यसैबीच बाल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई समृद्ध नेपाल, सुखी नेपाली को साझा राष्ट्रिय आकाक्षा साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

कोरोनाको महामारी बिरुद्ध सरकारले अघि बढाएका प्रयासले यस विपद्लाई परास्त गर्दै हामी हाम्रा बालबालिकाहरुको भविष्य सुरक्षित गर्ने छौं भन्दै प्रधानमन्त्री ओलीले संकटको यस घडीमा विद्यमान प्रणालीमा परेको नकरात्मक प्रभावलाई नयाँ सम्भावनाको द्वारसम्म पुयाउने गरि बालबालिकाका अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज सबैमा आह्वान गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);