अलैंची खेती फस्टाउँदै, वार्षिक १० लाख भन्दा बढी आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

अलैंची खेती फस्टाउँदै, वार्षिक १० लाख भन्दा बढी आम्दानी

खगेन्द्र घिमिरे
झापा, २८ भदौ ।
पहाडको खोल्साको कालो सुनको रुपमा चिनिने अलैंची अहिले तराइका फाँटहरुमा फस्टाएर प्रशस्त आम्दानी दिन थालेको छ । धान, मकै, गहँु सुपारीलगायतका नगदेवाली मात्र हुँदै आएको झापाको उत्तरी क्षेत्रमा अलैंची फल्न थालेसँगै कृषकले अन्य वाली मासेर अलैंची बिस्तार गर्न थालेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकाको उत्तरी क्षेत्र भोटेटार, देउरालीं, शान्तिनगर लगायतका क्षेत्रमा अलैँची खेती फस्टाएको छ । कृषकले बिगत ७ बर्ष अगाडीबाट सलकपुरे जातको अलैँचीको व्यवसायिक खेतीबाट आम्दानी लिन थालेका छन् ।

धान, मकै, तथा गहँुको तुलनामा कम मेहनत लाग्ने र आम्दानी पनि धेरै हुने भएकाले अलैंची खेती गर्न थालेको स्थानीय बताउँछन् । पहाडमा मात्रै फल्ने भनिने अलैँची आफ्नै खेतको सुपारीसगैँ फलेपछि कृषकहरु उत्साहित छन् ।

कृषकहरुका अनुसार ३ मन धान उत्पादन हुने गरेको खेतमा २० किलोसम्म सुक्खा अलैंची फल्ने गरेको छ । कुनै समय एक लाख रुपैँया प्रतिमन पुगेको अलैँचीको मुल्य अहिले २५ हजार रुपैया मात्रै छ । तर, २५ हजार रुपैँया प्रतिमन बिक्रि भएपनि धानको तुलनामा अलैचीले राम्रो आम्दानी भएको कृषकको भनाई छ । अलैचीबाट कृषकहरुले बार्षिक १० लाख सम्म आम्दानी गर्ने गरेका छन् ।

सेपिलो ओत भएमा राम्रो फल्ने अलैची सँगै सुपारी, कागती, मरिच लगायतका अन्य नगदेबाली समेत कृषकले लगाउँदै आएका छन् । तर, तराइका फाँटमा आफूहरुले अलैची रोपेर आम्दानी गर्न सफल भएको भएपनि सरकारी स्तरबाट कुनै पनि सहयोग नपाएको कृषकहरुको गुनासो छ । तराईमा अलैँची उत्पादन अनौठो प्रयोग भएपनि कुनै सरकारी निकायबाट कृषि उत्थानका लागि पहल नभएको कृषकहरुको गुनासो छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);