पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभ्यो,वायुको गुणस्तर मापन सूचक एक्यूआईमा पनि सुधार | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभ्यो,वायुको गुणस्तर मापन सूचक एक्यूआईमा पनि सुधार

पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ ।

साता अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो अहिले देशका कुनै पनि ठाउँमा नभएको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको छ ।

आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको हो । त्यस्तै मंगलबार र बुधबारको पानीले तराई र पश्चिम क्षेत्रकोसमेत डढेलो निभाएको हो ।

पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेका छन् । लामो खडेरीले आजित किसानलाई पानी परेपछि राहत मिलेको छ । मौसम पूर्वानुमान् महाशाखाले शनिवारसम्म नै पानी पर्ने जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ ।

आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ । आजको तुलनामा शुक्रबार ल कम पानी पर्ने र शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);