काठमाडौंको वायु प्रदूषण प्रदुषित देशहरुको सूचीमा सबैभन्दा माथि | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

काठमाडौंको वायु प्रदूषण प्रदुषित देशहरुको सूचीमा सबैभन्दा माथि

काठमाडौं,२८ चैत्र । काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।

आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्युआई) २४१ छ । पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ । एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ । काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ । एक्यूआईले हावामा हुने पीएम २ दशमलव ५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ ।

वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ । काठमाडौं उपत्यकासहित देशभर डढेलो लागेको, केही दिनयता पानी नपरेको र हावा पनि जोडले नचलेकाले वायु प्रदूषणको स्तर सुध्रिएको छैन । अहिले पनि पूर्वदेखि पश्चिमसम्मै डढेलो लागिरहेको भु उपग्रह तस्वीरमा देखिन्छ । आज पनि काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना नरहेको मौसमविदहरुको आकलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);