४२ जिल्लाका दुई सय ७८ ठाउँमा फैलियो डढेलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

४२ जिल्लाका दुई सय ७८ ठाउँमा फैलियो डढेलो

काठमाडौं, २९ चैत । अहिले नेपालको दुई सय ७८ ठाउँमा जंगलमा सक्रिय डढेलो लागिरहेको छ । देशका ७७ मध्ये ४२ जिल्लामा अहिले डढेलो फैलिएको छ ।

सुदूरपश्चिम प्रदेशका ८३ वनमा डढेलो लागेको छ । सुदूरपश्चिम प्रदेशका वन तथा मन्त्रालयका प्रवक्ता भरत प्रसाद पोखेरेलका अनुसार पश्चिममा लागेको डढेलो अन्य ठाउँको भन्दा भयावह छ ।

पोखेरेलले भने– ‘सुदूर पश्चिम सरकारसँग डढेलो निभाउन पर्याप्त स्रोतसाधन छैन । त्यसैले डढेलो नियन्त्रणमा कठिनाई आएको छ ।’डढेलो नियन्त्रणका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको उनले बताए ।

सुदूरपश्चिममा प्राकृतिक र मानव सिर्जित दुवैखाले डढेलोले आक्रान्त भएको प्रवक्ता पोखेरेलले बताए । उनका अनुसार प्रदेशमा प्राकृतिकभन्दा मानव सिर्जित डढेलो धेरै भएको बताए । भौगोलिक रुपमा विकट र अनकन्टार ठाउँमा डढेलोले वन सखाप पारेको उनको भनाई छ ।

सुदूरपश्चिमको अछामको ६० प्रतिशत वनमा डढेलो लागेर भयावह अवस्था सिर्जना भएको त्यहाँका डिभिजन वन कार्यालयका अधिकृत विमल चन्दले जानकारी दिए । उनी भन्छन्– अहिले १३ ठाउँमा डढेलो लागेको छ ।

यता स्याङजामा ३३ ठाउँमा डढेलोलागेको छ भने दाङमा २१ ठाउँमा, कैलालीका २६ ठाउँमा, डडेलधुराका २४ ठाउँमा डढेलो लागेको छ ।

विज्ञहरुका अनुसार कति ठाउँमा डढेलो लागेको छ भन्ने मुख्य होइन, डढेलो कति धेरै क्षेत्रफलमा फैलिएको छ भन्ने मुख्य हो । अछाममा एउटै डढेलो धेरै ठूलो क्षेत्रमा फैलिएको छ । त्यसैले त्यहाँको ६० प्रतिशत वन सखाप भएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);