इटहरीमा दुर्घटना एक जनाको मृत्यु, स्थानीयले गरे सडक अबरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इटहरीमा दुर्घटना एक जनाको मृत्यु, स्थानीयले गरे सडक अबरोध

सुनसरी, २९ चैत । इटहरी इटहरी १ गंगामार्गमा भयानक दुर्घटना भएको छ ।अहिले भर्खर भएको दुर्घटनामा स्थानीय पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बाटो काट्ने क्रममा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको हो ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००१ ख ८६६५ नम्बरको टिप्परको ठक्करबाट स्थानीय पैदलयात्री ७२ वर्षीय कर्णबहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ । हाल घट्नास्थलमा स्थानीयले चक्काजाम गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);