इटहरीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इटहरीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु

विनोद आचार्य,
इटहरी । इटहरीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १७ पकली चोक नजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०५–००१ ख ००४९ नम्बर ट्रकको ठक्करबाट रामधुनी ३ बस्ने १८ वर्षीय निरन्जन खड्काको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाएकोमा उपचारको क्रममा मंगलबार दिउँसो ४ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला संखुवासभा स्याबुन ८ बस्ने ५५ वर्षीय इबराज श्रेष्ठ र ट्रक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।

स्थानीयका अनुसार मृतक खड्का अल्फाबेट नखुलेको ९१६३ नम्बरको मोटरसाइकल पछाडि सवार रहेको खुल्न आएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);