सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० सुखेपोखरीमा शनिवार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, बस्ने मोहम्मद फुदिन राईनका छोरा १८ वर्षीय जुमराती राईनको ज्यान इलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो । आज दिउँसो पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए । राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);