मोटरसाइकल दुर्घटनामा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पाल्पा, १४ फागुन । पाल्पाको रामपुर नगरपालिका–७ किसानबारी स्थित सडक पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ ।

रामपुर नगरपालिका–६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु रानाको बिहिवार राती साढे नौ वजे मोटरसाइकलमा यात्राका क्रममा सडक पुलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

रामपुर नगरपालिका ४ खोप्टारबाट विजयपुर घरतर्फ जाँदै लु १३ प ६८१४ नम्बरको मोटरसाइकलमा जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ । मोटरसाइकल सडक पुलबाट करिव सात मिटर तल खसेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);