घरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुदाँ दुई जना चौधरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

घरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुदाँ दुई जना चौधरीको मृत्यु

accident

काठमाडौं, १९ चैत । कैलालीको जानकी गाउँपालिका–३ भगतपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–२ विजयनगरका २२ वर्षका राजेश चौधरी र शिवनगरका १७ वर्षका दीपक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । से ६ प ४१६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल मोडमा सडक नजिकै रहेको घरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएका दुबैजनालाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);