मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ  मोरङको बेलबारी नगरपालिका–९ तीनकुटियामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएका छन् ।

भित्री सडक खण्ड हुँदै दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा आउँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका श्रवणकुमार विश्वासकाे अवस्था मध्यम रहेकाे र न्युरो अस्पतालमै उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);