रामधुनीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रामधुनीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनीमा बिहीबार राति भएको मोटरसाईकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल रामधुनी नगरपालिका–६ मा आँफै अनियन्त्रित भएर राति ११ः५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाईकल चालक मोरङको कानेपोखरी गाउँपालिका–६ का १८ वर्षीय रीतिक राईको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा आज बिहानका राति ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकलको पछाडि सवार कानेपोखरी–६ का २१ वर्षीय निरज राई गम्भीर घाइते भएका छन् । धरानबाट उनलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको छ ।

मादक पदार्थ सेवन गरेर तीव्र गतिमा चलाउँदा मोटरसाइकल दुर्घटनामा परेको पुष्टि प्रहरीले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);