मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

accident

दाङ, ३ माघ । दाङमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बिहीबार राति पश्चिम हापुरेबाट रगैंजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाईकल बबई गाउँपालिका-६ स्थित चिसापानीमा दुर्घटना हुँदा मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका-५ काशीपुर का ५२ बर्षिय चोपीलाल के.सीको मृत्यु भएको हो ।

के.सी दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर लैजादै गर्दा राती नै बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।

तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);