पीच गरिएको सडकको बीचमै विद्युतको पोल ! | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

पीच गरिएको सडकको बीचमै विद्युतको पोल !

sadak ko bich ma pol

काठमाडौं, ३ माघ । नेपालमा विकास निर्माणका काममा सरकारी निकायहरुबीच नै आवश्यक समन्वयको अभाव देखिएको छ । सडक, ढल,बिद्युत लगायतका काममा समन्वयको अभाव हुँदा वर्षेनी एउटा निकायले काम सम्पन्न गरेपछि अर्काे निकायले आफनो काम सम्पन्न गर्न पहिलेको संरचना भत्काउने गरेका छन । जसले लागत बढ्नुका साथै दुर्घटनाको जोखिम पनि हुने गरेको छ ।

नेपालमा अहिले पनि सरकारी निकायबीच समन्वय नहुदा विकास निर्माण कामहरु हचुवाको भरमा हुुँदै आएका छन । केही समय अघि काठमाण्डौँ महानगरको पहलमा सडक विभागद्वारा स्वयम्भु स्थित भगवान पाँउक्षेत्रमा सडक पिच गरिएको थियो । तर पीच गरिएको सडकको बीचमै बिद्युतको पोल रहेको छ । आपसी समन्वयको अभावमा काम हुँदा बीच सडकमै रहेको पोलका कारण दुर्घटनाको जोखिम बढेको छ । तर सडक बिभागले पोल हटाउन पत्राचार गर्दा समेत नेपाल बिद्युत प्राधिकरणले टेरेको छैन ।
pole
पत्रचार गर्दा पनि समयमै बिद्युतप्राधिकरणले बिद्युतीय पोलहरु नहटाउँदा आफनो काम सम्पन्न गर्नुपरेको बिभागको दाबी छ । उता बिद्युत प्राधिकरणको भने सरकारी निकायहरु बीच समन्वयन भईरहेका दाबी छ ।

नेपालमा बिकास पुर्वाधार निर्माण गर्ने एकृकित निकाय नहुदाँ यस्ता समस्या आउने गरेका छन । जसका कारण लागत बढ्नुका साथै काम पनि दोहोरयाएर गर्नु पर्ने अवस्था सिर्जना हुने गरेको छ । खासगरी सडक,ढल बिद्युत जस्ता क्षेत्रमा यस्ता समस्या देखिने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);