काठमाडौं उपत्यका लगायत देशभर वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं उपत्यका लगायत देशभर वर्षा

raining kathmandu

काठमाडौं, ०३ माघ । आज काठमाडौं उपत्यका लगायत देशका आधिकांश स्थानमा पानी पर्ने , काठमाडौं उपत्यकामा पछिल्लो २० घण्टामा १५ मिलिलिटर बर्षा ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ । पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

kathmandu-raining

शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली हुने र केही स्थानहरुमा हल्का बर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ । पछिल्लो २० घण्टामा काठमाडौं उपत्यकामा १५ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);