सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

झापा, ९ पुष । १ नम्बर प्रदेशका झापा, सुनसरी र ओखलढुङगामा बुधवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधबार राती पौने ९ बजे झापाको बिर्तामोड नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको सो कारले ठक्कर दिंदा घाईते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको तथा ठक्कर दिने कार र चालक समेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज–२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका स्थानीय ९० बर्षीय बेचुदास मेहेतालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ ।

यसैगरी यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बुधवार राती साँढे ७ बजेको समयमा मध्यपहाडी राजमार्ग हुँदै काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको उक्त नम्बरको मोटरसाईल दुर्घटना हुँदा घाईते भएका रामेछापको मन्थली गाउँपालिका–९ का २८ बर्षीय टेकबहादुर नेपालीको उपचारको क्रममा जनसेवा हेल्थ केयर घुर्मीेमा राती सवाँ १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);