सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते

death

झापा, २३ फागुन । आइतबार भएको सवारी दुर्घटनाका कारण मोरङमा दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाऊ स्थित पुर्व–पश्चिम राजमार्गमा हायस कम्पनीको माईक्रो र मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएबको हो ।

विहानका राती पौने १ बजे बा ४ ख ६९६ नम्बरको माइक्रो र बिपरित दिशाबाट आउँदै गरेको प्र २–०२–००१ प ३८७८ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी–११ का २१ बर्षीय अर्जुन न्यौपाने र २१ बर्षीय मनोज कटुवाल घाईते भएका थिए ।

उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा विहानको राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका माइक्रो चालक काठमाण्डौका गणेश थापा र सह–चालक बेलबारीका उत्सब गिरीको बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् ।

Leave a Reply