बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

death

झापा,१४ मंसिर। बसको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दर हरैचा–७ का ४० बर्षीय बिजेस लिम्बु छन् ।

मोटरसाईकलमा सवार उनको आज विहान ८ बजे सुन्दर हरैचा–८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख ३४१० नम्बरको बसले उनी सवार को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए । घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने बस र चालक झापा कन्काई–१ का २९ बर्षीय बाबुलाल उराव प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);