मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दार बिष्टको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दार बिष्टको मृत्यु

कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको छ ।

लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा कञ्चनपुरको झलारी स्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा प्रहरी हवल्दार बिष्ट र से १ च १४०६ नम्बरको ट्रक आइतबार दिउँसो एकापसमा ठोक्किदा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);