मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

accident

राजविराज, ११ कात्तिक । कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश शर्मा रहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताउनु भयो ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा दुर्घटना भएको थियो ।

सोही मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अंन्दाजी २६ बर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनलाई उपचारका लागि स्थानीय पोली क्लिनिक फत्तेपुरमा भर्ना गरिएको छ । मोटरसाइकललाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);