छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ३ भदौ । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनमा ग.१ ब ३६९ नम्बरको मोटरसाइकललाई ग.२ च २६२६ नम्बरको बलेरो जिपले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पाल्पा रिप्दिकोट गाउँपालिका-८ घर भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगालेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बर्दिया बढैयाताल ६ बस्ने मैनापुर-२ घर भएका सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै दाङ राप्ती गाउँपालिका-१ पाखापानीस्थित पूर्व पश्चिम राजमार्गमा बा.५ ख १४५ नम्बरको टिपरले मंगलबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने राम बहादुर कुमालको ७ वर्षीया छोरा साकेश कुमालको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा जनकपुर उपमहानगरपालिका-४ जनक चोकमा बा.२० च ७८८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-१० बस्ने ७५ वर्षीया दिनानाथ शर्माको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);