बाढी र पहिरोमा परेर बाजुरामा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बाढी र पहिरोमा परेर बाजुरामा २ जनाको मृत्यु

गृहमन्त्री थापाद्वारा प्रभावित क्षेत्रको अनुगमन

बाजुरा, ३ भदौ । अविरल बर्षाका कारण मगंरबार राति बाजुरामा गएको बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नदीमा आएको बाढीले बुढीनन्दा नगरपालिका–६ कि ५५ वर्षीय झिमु लोहारको मृत्यु भएको र पहिरोमा परेर छेदेदह गाउँपालिका–५ की ३ वर्षीय सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत साउन २५ को बाढीले ठूलो क्षति पु¥याएको बाजुरामा मंगलबारको बाढी पहिरोले थप क्षति पु¥याएको छ ।

यसैबीच मगंलबार गृहमन्त्री रामबहादुर थापाले बाजुरको प्रभावित क्षेत्रको अनुगमन गर्नु भएको थियो । गृहमन्त्री थापाले बाजुरका बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

गृहमन्त्री थापाले प्रभावित क्षेत्रका जनताका लागि तत्काल राहतका कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भएको हो । बाजुरामा गत साउन २५ गते राति अविरल वर्षासंगै बुढीगंगा नदीमा आएको बाढीका कारण प्रभावित भएका ठाउँहरुमा गृहमन्त्री सहितको टोलीले स्थलगत अनुगमन गर्नु भएको हो । उहाँले बाढी पहिरोबाट प्रभावित भएको बडीमालिका नगरपालिका–२ घाघरबस्ती, गौमुल गाउँपालिकाको सिम, अजयटोट्की गाउँ र बुढीगंगा नगरपालिकाको ताँप्री सेरा क्षेत्रका बाढी पीडितलाई भेट्नु भएको थियो ।

मन्त्री थापाले नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलबार दिनभर बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमन र पीडितहरुको उद्धार तथा उनीहरुलाई राहत वितरण गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);