चीनमा ठूलो वर्षासँगै आएको बाढीका कारण २१ को मृत्यु, २७ सय भन्दाबढी घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनमा ठूलो वर्षासँगै आएको बाढीका कारण २१ को मृत्यु, २७ सय भन्दाबढी घरमा क्षति

एजेन्सी । चीनको हुवेइ प्रान्तमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण २१ जनाको मृत्यु भएको छ ।

बिहीबार र शुक्रबार अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परेर ४ जना हराइरहेको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् । यो पछिल्लो ३० वर्षपछि सबैभन्दा ठूलो वर्षा भएको बताइएको छ ।

पहिरो र डुबानका कारण हुबेइका विभिन्न स्थानमा २७ सय भन्दाबढी घरमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ । प्रान्तीय विपद् व्यवस्थापन विभागले भारी वर्षाका कारण विभिन्न क्षेत्रमा जोखिम बढ्ने बताएसँगै करिब ८ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वयमसेवक खटाइएको छ । गत महिना चीनको हेनान प्रान्तमा तीन दिनसम्म भएको वर्षासँगै अएको बाढी पहिरोमा परेर ३ सय जनाको मृत्यु भएको थियो भने १ लाख मानिस दक्षिणपश्चिम प्रान्त सिचुवानमा विस्थापित भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);