पहिरोमा पुरिएर बाग्लुङमा तीन जनाको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिरोमा पुरिएर बाग्लुङमा तीन जनाको मृत्यु, एक घाइते

pahiro

बाग्लुङ, ३१ साउन । लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर बाग्लुङको निसीखोला गाउँपलिकामा तीन जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर बाग्लुङको निसीखोलामा तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार राति गएको पहिरोमा पुरिएर निसीखोला गाउँपालिका–५ मा दुई बालकको ज्यान गएको हो । पहिरोमा पुरिएर स्थानीय हिराबहादुर विकका १३ वर्षका छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको छ भने ५३ वर्षीया श्रीमती दिलसरा विक घाईते भएको छ । पहिरोमा परेर घाईते भएकी दिलसरालाई उपचारका लागि बोहोरागाउँ स्वास्थ्य चौकी लगिएको छ ।

यसैगरी निसीखोला गाउँपालिका–३ धारखर्कमा शनिबार बिहान गएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोका कारण स्थानीय जुठे कामीकी ७२ वर्षीया श्रीमती वली कामीको मृत्यु भएको हो । पहिरोले घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);