कालीगण्डकी कोरिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु, दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कालीगण्डकी कोरिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु, दुई जना घाइते

कावासोती, २० कार्तिक । कालीगण्डकी कोरिडोरको अन्तरर्गत नवलपरासी नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदारको बुधबार बेलुका सुख्खा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

ग्याभिनमा ढुङ्गा भरिरहेका उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा बुलिङटार गाउँपालिका वडा नम्बर चारका २० वर्षका गोपाल गरञ्जा, २० वर्षकै चेतबहादुर अस्लामी मगर, २० वर्षका ताराबहादुर लुङ्गेली, २८ वर्षका तुलबहादुर सारु र ४२ वर्षका सुनबहादुर पुलामी रहेका छन् ।

पहिरोमा परि २१ वर्षका कृष्ण लुङ्गेली र १९ वर्षका केवलसिंह लुङ्गेली मगर घाइते भएको र उनीहरुको भरतपुरमा उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);