सिन्धुलीमा दुर्लभ जनावर निल गाई मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुलीमा दुर्लभ जनावर निल गाई मृत फेला

सिन्धुली, २० कार्तिक । सिन्धुलीमा बुधबार बेलुका दुर्लभ जनावर निल गाई मृत अवस्था फेला परेको छ । कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा मुखबाट रगत बगेको अवस्थामा मृत निल गाई भेटिएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

संरक्षित वन्यजन्तुको रुपमा लिइने निल गाई मृत भेटिएपछि पोष्टमार्टमका लागी पशु सेवा कार्यालय सिन्धुलीमा ल्याईएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख,बरिष्ठ पशु चिकित्सक डाक्टर गौरीमान श्रेष्ठले भन्नुभयो,“डिभिजन वन कार्यालय सिन्धुलीबाट निलगाईको शव पोष्टमार्टमको लागि हाम्रो भेटेरिनरी अस्पतालमा ल्याइयो । हामीले मृत शरीरलाई राम्रोसँग निरीक्षण गर्यौं । एन्थ्राक्सको सबै प्राकृतिक ओरिफेस र शंकास्पद घटनाबाट रक्तस्राव भएको पाईयो । निल गाईको शवलाई जलाएर वा गहिरो खाल्टो खनेर डिस्पोज गर्न सुझाव दियौं ।”

वन्यजन्तु चोरीसिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही हुनेछ । कसैको कसुर प्रमाणित भए ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना तिर्ने वन्यजन्तु संरक्षण ऐन २०२९ मा व्यवस्था गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);