सुर्खेतमा किन खसाइयो भिरबाट गाई ? छानविन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सुर्खेतमा किन खसाइयो भिरबाट गाई ? छानविन गर्न समिति गठन

coww

सुर्खेत, १४ भदौ । शुक्रबार खुलेको गौहत्या प्रकरणको स्थानीय देखि राजनैतिक दलहरुबाट निन्दनीय घटना भन्दै चौतर्फी टिकाटिप्पणी भईरहेको छ । बाँकेको जिल्ला प्रशासनको अनुपति पत्र लिएर नेपालगञ्जबाट २ सय ९१ गाई सुर्खेत हुँदै दैलेखका लागि लगिएका थिए ।

तर ती गाईहरु वीरेन्द्रनगर नगरपालिकाको सुपाकुना र सोही नगरपालिकाको वडा नं. ८ को कटकुवामा मृत, घाइते र अशक्त अवस्थामा भेटिए । नेपालगञ्जबाट ८ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसाइएको थियो ।

घटनामा संलग्न भएको भन्दै ५ ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । गाईहरुलाई सुपाकुनाबाट खसाल्दै कटकुवासम्म पु-याइएको प्रहरीले अुनमान गरेको छ ।

फरकफरक स्थानमा गाई खसाउँदै गएको देखिएकाले सख्ंया बृद्धि हुन सक्ने प्रहरीले जनाएको छ । हालसम्म १६ वटा गाई मृत फेला परेका छन् भने ७ वटा गम्भीर घाइते र १ सय ५० जीवित भेटिएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको भन्दै गम्भीर आपत्ति जनाउनु भएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विज्ञप्ती मार्फत् हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुःखद र शंकास्पद भएको जनाएको छ ।

घट्नाको तत्काल छानविन गर्न माग समेत गरिएकोे छ । मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ दफा दुई सय८९ मा पशुलाई यातना दिन मार्न घाउ चोट पु-याउन नपाईने भन्ने कानुनी ब्यावस्था छ । यस्तो गैरकानुनी कार्य गर्नेलाई ३ बर्ष जेल सजायको व्यवस्था रहेको छ ।

छानविन समिति गठन

यसैबीच गृहमन्त्रालयले गाईगोरुलाई भिरबाट फालेको घटनाको छानविन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);