दार्चुलामा चट्याङ लागेर एकै परिवारका ३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०७९, शुक्रबार

दार्चुलामा चट्याङ लागेर एकै परिवारका ३ जना घाइते

chattang

दार्चुला, १४ भदौ । दार्चुलामा शनिबार विहान चट्याङ लागेर ३ जना घाइते भएका छन् । दार्चुलाको महाकाली नगरपालिका–३ बाँज निंगलाडीमा चट्याङ लागेर एकै परिवारका ३ जना घाईते भएका हुन् ।

घाईते हुनेमा ३५ वर्षीय ईश्वर सिंह महर ३२ वर्षीय विरमा देवी महर र उनका १ वर्षीय छोरा रहेका छन् । घाईते तिनै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । चट्याङ परे लगत्तै स्थानीयहरुले घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको थियो ।