दार्चुलामा चट्याङ लागेर तीन जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दार्चुलामा चट्याङ लागेर तीन जना घाइते

काठमाडौं, ३१ वैशाख । दार्चुलाको व्याँस गाउँपालिका–२ को हुम्दुङती वनमा चट्याङ लागेर तीन जना घाइते भएका छन । शनिबार राति हुम्दुङती वन स्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलक हरु घाइते भएका हुन्। ‌ ‌

घाइते हुनेमा दुहुँ गा पा २ हिकिला का १८ वर्षीय महेश बडाल दुहुँ गा पा १बास्पालि का ३७वर्षिय आन सिंह महरा र उनकि श्रीमती ३० वर्षीय मानमति महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ।

घाइते भएकाहरुको उद्धार का लागि दुम्लिङ प्रहरी चौकी बाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थल मा खटिएको र घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

गत बैशाख १९ गते व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुङमा हिमपहिरो जाँदा ५ जना यार्सा संकलकको ज्यान गएको थियो भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);