दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु

Chatyang

बासुदेव बडु । दार्चुलाको ब्यास गा पा २ को स्याङपा वनको पाटनमा चट्याङ लागेर एक जना यार्सागुम्बा संकलकको मृत्यु भएको छ।

आज दिउँसो १ बजे दुहु गा पा ५ पाँसु का १४ वर्षीय पारस महरा को व्याँस गा पा २ स्याङपा वन को पाटनमा चट्याङ लागेर मृत्यु भएको हो।

घटना बारे थप विवरण आउन बाँकी रहेको तथा दुम्लिङ प्रहरी चौकी बाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ।

गत शनिबार ब्यास गा पा २ को हुमदुङ्ति वन को पाटनमा चट्याङ लागेर ३ जना घाइते भएका थिए उनी हरू को नेपालगञ्ज मा उपचार भइरहेको छ ।त्यसैगरी गत वैशाख १९ गते ब्यास गा पा १ को भोलिन वन मा हिमपहिरो मा परि ५ जना यार्सागुम्बा संकलक को मृत्यु भएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);