पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाईदै

काठमाडौं, ३१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ । विभिन्न किसिमका रोग तथा अपांगताबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मको उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

मन्त्रालयले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकहरुलाई आग्रहसमेत गरेको छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएको, २० प्रतिशतले आंशिक खोप मात्र लगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोपको मात्रा नलगाएको सरकारी तथ्याङक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);