पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन

काठमाडौं ।  बालबालिकालाई लगाउदै आएको पोलियोविरुद्धको खोप अबदेखि  १४  हप्तामा लगाउन पर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको ‘एफआइपिभि’ खोप लगाउने समय परिर्वतन भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार एक वर्षमुनिका बालबालिकालाई पहिले ६ हप्ता र १४ हप्तामा उक्त खोप लगाउने गरिन्थ्यो । अबभने पहिलो मात्रा नै १४ हप्तामा र दोश्रो मात्रा नौ महिनामा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले आफूहरुले विज्ञको सल्लाहअनुसार नै खोप लगाउने समयावधी परिवर्तन गरिएको बताएका छन् ।

एक वर्ष पूरा भएका र खोप लगाउन छुटेका बालबालिकाले  भने पाँच वर्षभित्र खोप लगाइसक्नु पर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);