बालबालिकालाई खोप दिने योजना रोकेर गरिब देशलाई सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बालबालिकालाई खोप दिने योजना रोकेर गरिब देशलाई सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने बताएको छ ।

विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा धनी देशहरुले सहयोग स्वरुप खोप उपलब्ध गराउनु पर्ने डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका हुन् । खोपको समानुपातिक पहुँचका लागि थालिएको कोभ्याक्स अभियानमा धनी देशहरुले खोपको थप मात्रा प्रदान गर्नु पर्ने डा. टेडरोजले उल्लेख गरे ।

विश्वव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोपको वितरण गम्भीर रुपमा असमान रहँदै आएको छ । धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने तयारी गरेका छन् । तर गरिब देशहरुमा भने अग्रपंक्तिमा खटिएका तथा अति जोखिमको वर्गमा रहेकाहरुले नै खोप लगाउन नपाएको प्रति डब्लुएचओले ध्यानाकर्षण गराएको छ ।

गत डिसेम्बरमा खोप लगाउन थालिए यता विश्वमा उत्पादन भएका खोपहरुको अधिकांश मात्रा धनी देशले किनेका छन् । केही देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप दिने तयारी गरेको बेला डब्लुएचओले तत्कालका लागि गरिब देशलाई सहयोगका लागि सोच्न आग्रह गरेको छ ।

अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने योजना बनाएका छन् । यसैगरी क्यानडाले फाइजरको खोप १२ देखि १५ वर्षसम्मकालाई लगाउन स्वीकृत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);