पाल्पाको भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाल्पाको भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता

पाल्पा, १४ भदौ । पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मा पर्ने भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता भएको भन्दै स्थानीय जनता व्यवस्थापन समिति र विश्व हिन्दु महासंघ विरोधमा उत्रिएका छन् ।

मन्दिर विकास समितिका अध्यक्ष तुल बहादुर अधिकारीले मन्दिरमा भक्तजनले चढाएको भेटी रकम गरिमा विकास बैंकबाट समितिको निर्णय विना व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भनी विरोध जनाएको हो ।

समितिका अध्यक्ष अधिकारीले २७ लाख २० हजार अपचलन गरेको भन्दै विश्व हिन्दु महासंघ विरोधमा उत्रिएको हो । विश्व हिन्दु महासंघद्धारा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा गोविन्द पोखरेलले सत्य तथ्य कुरा बाहिर आउनु पर्ने र मन्दिरको आयव्यय पारदर्शी हुनु पर्ने बताउनु भयो ।

मन्दिरमा भक्तजनले चढाएको भेटीबाटै बार्षिक ७० देखि ७२ लाख रुपैयाँ आम्दानी हुने मन्दिर विकास समितिले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);