पर्सामा आपराधिक गतिविधिमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पर्सामा आपराधिक गतिविधिमा वृद्धि

वीरगञ्ज, १४ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले २०७६ साल जेठदेखि साउनसम्म जारी गरेको तथ्यांकमा आपराधिक गतिविधिमा वृद्धि भएको देखाएको छ।
 
वीरगञ्ज महानगरपालिकामा अहिले अपराधिक गतिविधिको ट्रान्जिट प्वाइन्ट बनेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागूऔषध ओसारपसार, जबर्जस्ती करणी, सार्वजनिक अपराध र बैंकिङ कसुर, बम विस्फोट तथा जाली नोटको कारोबार बढेको हो ।
 
पर्सामा ३ सय १८ सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन् भने ३ सय २८ जनालाई पक्राउ गरिएको छ । १ सय २३ जना अझै फरार भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
 
अवैध हुण्डी कारोबारमा ९ जनालाई पक्राउ गर्नुका साथै उनीहरुबाट पचास लाख ९७ हजार ६ सय नगद सहित दुई हजार ९० ग्राम चाँदी पनि बरामद गरिएको प्रहरीले जनाएको छ । दिनपिच्छे असुरक्षित बन्दै गएको वीरगञ्जका स्थानीय वासिन्दा तथा व्यापारीहरुमा त्रास बढेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);