पाल्पाको भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

पाल्पाको भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता

प्रकाश नेपाल
पाल्पा, २५ साउन । पाल्पाको ऐतिहासिक धार्मिक महत्व बोकेको रिब्दीकोट गाउँपालिकामा रहेको भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता भएको खुलासा भएको छ । मन्दिरमा जाने दर्शनार्थीले चढाएको भेटी वापत संकलित रकम मन्दिर व्यवस्थापन समितिका अध्यक्षले विना जानकारी व्यक्तिगत प्रायोजनका लागि प्रयोग गरेको पाइएको हो ।

मन्दिरसंग सरोकार राख्ने धार्मिक संघसंस्थाले यस विषयमा छानविन गर्दा दैनिक रुपमा तानसेनस्थित गरिमा विकास बंैकमा संकलित रकम २७ लाख २० हजार रुपैयाँ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको पाइएको हो ।

उनले विना जानकारी बैंकबाट रकम झिकेको रहस्य वाहिर आएको हो । भैरवनाथ मन्दिरमा भएको आर्थिक अनियमितताको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताउनु भयो ।

मन्दिर व्यवस्थापन समितिको निर्णय विना अध्यक्ष अधिकारीले दुई वर्ष अगाडि नै तानसेन स्थित गरिमा विकास बंैकबाट रकम झिकेर व्यक्तिगत कार्यमा लगानी गरेको व्यवस्थापन समितिका पदाधीकारीहरुले नै बताउनु भएको छ ।

पवित्र धार्मिक संस्थाको रकम समितिका निर्णय विना बैंकबाट कुन प्रयोजनका लागि झिकेको भन्ने विषयमा प्रष्ट हुन नसकेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष तेज बहादुर पोखरेलले बताउनु भयो । समितिको निर्णय र स्पष्ट नीति विना समितिका अध्यक्षले रकम हिनामिना गर्नु गैर कानुनी भएको स्थानीयहरुको भनाई छ ।

स्थानीय सञ्चार माध्यमहरुमा समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान र गुठी संस्थान कार्यालयले अनुसन्धानको प्रकृया अगाडि बढाएको छ । मन्दिरको आर्थिक अनियमितताका विषयमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नु पर्ने स्थानीयको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);