एशिया महादेशकै सबैभन्दा ठुलो त्रिशुल भएको मन्दिरमा दर्शनार्थीको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एशिया महादेशकै सबैभन्दा ठुलो त्रिशुल भएको मन्दिरमा दर्शनार्थीको भिड

palpabhairavnath

काठमाडौँ, १९ असोज । बडा दशैंको आठौं दिन पाल्पाको भैरबनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीको ठूलो संख्यामा भिड लागेको छ ।

एशिया महादेशकै सबैभन्दा ठुलो त्रिशुल भएको मन्दिरका रुपमा चिनिने यस मन्दिरमा दर्शनार्थीले विशेष प्रकारले पकाईएको चमालको पिठोको रोट नरिवल, बोका, राँगा, कुखुरा, परेवा चढाउने गर्दछन् । दशैंको आरम्भ भएसँगै मन्दिरमा भक्तजनहरुको भिड बढेको र आष्टमीको दिन मात्रै १० हजार बढीले दर्शन गर्ने गरेका छन् । मन्दिरमा श्र्रदालु भक्तजनलाई सहज दर्शनको ब्यवास्था मिलाउन मन्दिर ब्यवस्थापन समितिका पदाधीकारी,सुरक्षाकर्मीहरको परिचालन गरिएको मन्दिर ब्यवास्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

आफ्नो  मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासका कारण जिल्ला भित्रबाट मात्र नभई स्याङजा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तुबाट समेत आउने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);