दशै मनाउन काठमाण्डौ उपत्यकाबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिएका  छन् | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

दशै मनाउन काठमाण्डौ उपत्यकाबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिएका  छन्

bus yatru

काठमाडौँ, १९ असोज । दशै मनाउन काठमाण्डौ उपत्यकाबाट २३ लाख ८४ हजार ९ सय ३१ सर्वसाधारण बाहिरिएका   छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि छन् । महाशाखाका अनुसार असोज ५ गतेदेखि हालसम्म २ लाख ६१ हजार ६ सय २८ वटा सवारीसाधान विभिन्न नाका भएर बाहिरिएका छन् भने १ लाख ७७ हजार ७६ वटा सवारी भित्रिएका छन् ।यसपटकको दशैंमा १ लाख ५० हजार ७ सय ८३ यात्रुले अग्रिम टिकट बुकिङ गराएका थिए। यो अवधिमा यात्रुबाट अग्रिम बुकिङको टिकट नपाइएको, टिकटमा दिइएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, सिट नम्बर उल्लेख नभएको जस्ता गुनासा प्रहरीमा आएका जनाइएको छ । त्यसैगरी सडक मार्ग प्रयोग नगरी हवाई मार्गमार्फत बाहिरिने यात्रुको संख्या पनि उल्लेख्य रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);